विश्वकपमा छनाेट भएकाे क्रिकेट टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी- २० विश्वकपमा छनाेटमा राष्ट्रिय क्रिकेट टाेलीलाई बधाई दिएका छन्। शुक्रबार मूलपानी क्रिकेट रंगशालमा युएईलाई पराजित गरेर विश्वकपमा छनाेट भएलगत्तै सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्।

‘टी- २० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ उनले लेखेका छन्, ‘पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।’

उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

युएईमाथि शानदार जीत निकाल्दै नेपाल टी-२० विश्वकपमा छनाेट

प्रकाशित मिति: : 2023-11-03 15:03:00

प्रतिकृया दिनुहोस्