खुला आकाशमुनि भूकम्प पीडितको बास: भत्केको घर र तारा हेर्दै कट्यो रात

लोकान्तर

गगन अर्याल र प्रकाश बुढाथोकी

जाजरकोटको नलगाड नगरपालिका–१ का ७१ वर्षीय मालबहादुर मल्ल शक्रबार राति खाना खाएर सुतेका थिए । माथिल्लो तलामा २४ वर्षीय नाति निरज गौतम थिए । मस्त निद्रामा भएका बेला भूकम्पले हल्लायो । उनी ब्यूँझिए तर, घर भत्किसकेको थियो ।

विनाशकारी भूकम्पबाट उनी जसोतसो जोगिए । ‘एक्कासि भूकम्पले हल्लायो । ब्यूँझिँदा ममाथि भत्केको घर थियो, बल्लतल्ल उठेँ । ढुंगा र माटो पन्छाएर बाहिर निस्केँ,’ मालबहादुरले लोकान्तरसँग भने, ‘म खाँबोको नजिक सुतेको रहेछु त्यसैले बाँचेँ । भगवानले बँचाए ।’

प्रकाशित मिति: : 2023-11-05 10:40:00

प्रतिकृया दिनुहोस्