क्रुर अर्थशास्त्र र हाम्रो ‘राष्ट्रवाद’

राजधानी दैनिक

डा. निरज पौड्याल

मानिस भावनात्मक प्राणी हो। हाम्रो चाहनाको कुनै सीमा छैन,हुनैपर्छ भन्ने पनि छैन। मान्छेको स्वाभाविक प्रकृति नै प्राप्त हुन नसकेका लक्ष्यहरू प्राप्त गर्ने कोसिस गर्नुमा रहेको हुन्छ भन्न पनि सकिन्छ। सीमित साधन स्रोतका बाबजुद असीमित चाहनाको स्थितिले गर्दा नै अर्थशास्त्रको जन्म भएको हो पनि भनिन्छ। तर, अर्थशास्त्र एउटा यस्तो विज्ञान हो जसको आफ्नै क्रुर नियमहरू छन्। यी नियमहरू र हाम्रो नैतिक मान्यता एवं चाहनाबीच कुनै तारतम्य नहुन पनि सक्छ।

हामीलाई मन परेको वा न्यायोचित लागेको नीतिले ठिक उल्टो परिणाम ल्याउन सक्छ। गुरुत्वाकर्षणको नियम नबुझिकन हवाई जहाज उडाउन सकिन्न र हवाई जहाज उड्नुको अर्थ गुरुत्वाकर्षणको नियम गलत साबित भएको वा हवाई जहाजले भौतिकशास्त्रको यो क्रुर नियममाथि विजय प्राप्त गरेको भन्ने हुँदैन।

प्रकाशित मिति: : 2023-11-05 11:08:00

प्रतिकृया दिनुहोस्