रवि लामिछानेको आत्मसमीक्षा

सेतोपाटी

काठमाडाैं

पछिल्लो तीन वर्षमा पहिलोपटक सार्वजनिक कार्यक्रममा निस्किएका नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले केही दिनअघि कुराकानी सिलसिलामा भने, ‘पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली भएको ठाउँमा रवि लामिछाने पनि उभिन पुगेको देखेर म निराश भएँ।’

मैले पाण्डेलाई सोधेँ, ‘उनीहरूसँग लामिछानेलाई देखेर तपाईं किन निराश हुनुभएको नि?’

पाण्डेले जवाफ दिए, ‘अब लामिछाने पनि उनीहरूकै कित्तामा उभिएपछि के नयाँ, के वैकल्पिक?’

पाण्डेले यस्तो टिप्पणी गरेकै दिन कात्तिक १६ गते प्रतिनिधिसभामा उभिएर स्वयं लामिछानेले भनेका थिए, ‘मैले सांसद भएर एक वर्षमा गरेको कामभन्दा धेरै त सञ्चारकर्मीका रूपमा गरेको थिएँ।’

‘छ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्‍यो सभामुख महोदय,’ लामिछानेले भने, ‘योभन्दा धेरै प्रभावकारी काम त म टेलिभिजन सञ्चारकर्मी हुँदा गर्थें। नागरिकका समस्या सुल्झाउन योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ।’

प्रकाशित मिति: : 2023-11-07 18:24:00

प्रतिकृया दिनुहोस्