उडुससँग जुझ्न दक्षिण कोरियाको सङ्घर्ष

बिबिसी

केली एन्जी

दक्षिण कोरियाका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको सङ्क्रमणसँग जुध्न सङ्घर्ष गरिरहेको बताएका छन्।

राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन्।

दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ।

दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय समुदायलाई आतङ्कित बनाएको थियो।

प्रकाशित मिति: : 2023-11-08 12:40:00

प्रतिकृया दिनुहोस्