भूकम्पमा उर्मिलाका दुई छोरा गुमे, विदेशका श्रीमान् पनि आउन पाएनन्

देशसञ्चार

बर्षा शाह

कात्तिक १७ गते ३० वर्षीया उर्मिला रावत खाना खाएर ७ बजे नै सुतिसकेकी थिइन्। एउटै कोठामा उनका तीन सन्तान (२ छोरा र एक छोरी) गरी ८ जना सुतेका थिए। अर्को कोठामा उनका मामा सुतेका थिए।

उर्मिला २ वर्षका छोरा सुदाम राउतसँगै खाटमा सुतेकी थिइन्। अरू भुइँमा बिछ्यौना लगाएर सुतेका थिए। उनको एक तल्लाको घर थियो। सधैं उर्मिलाले सानो-सानो आवाज आएको पनि थाहा पाउँथिन् तर त्यो दिन उनले केही पनि थाहा पाइनन्। उनले भूकम्प आएपछि आफूले बच्चालाई च्याप्ने कोशिश गरेको अनि बेहोश भएको बताइन्।

प्रकाशित मिति: : 2023-11-08 15:06:00

प्रतिकृया दिनुहोस्