ताराध्वज पाण्डेको राजीनामासँगै जंगीअड्डामाथि पनि प्रश्न

अनलाइनखबर

काठमाडौं

जन्ममिति विवादमा छानबिन सुरु भएर कैफियत देखिएलगत्तै जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।

उपरथी पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष बुझाएको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पुगिसकेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँछन् । उनले भने, ‘राजीनामा आएको छ, मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने भएकाले रक्षा मन्त्रालय पठाएका छौं ।’

प्रकाशित मिति: : 2023-11-11 06:30:00

प्रतिकृया दिनुहोस्