क्रान्तिपछिको शृङ्खलाबद्ध भ्रान्तिमा देशले खोजेको नयाँ क्रान्ति

अनलाइनखबर

काठमाडौं

नेपाल क्रान्ति हुँदै नभएको राष्ट्र हैन। एकपछि अर्को ठूला र महत्वपूर्ण राज्य-क्रान्ति भएको देश हो। ‘राज्य र क्रान्ति’ को सम्बन्ध अविच्छिन्न र चक्रीय हुन्छ। राज्य जब खराब हुन्छ, त्यसको शुद्धीकरणका लागि क्रान्ति अपरिहार्य बन्छ। जब क्रान्ति हुन्छ, त्यसले राज्यको चरित्रमा परिवर्तन ल्याउने प्रयत्न गर्दछ। भलै कि संसारका सबै क्रान्ति सफल हुन्छन् भन्ने ग्यारेन्टी छैन।

२००७ सालयताका क्रान्तिलाई विश्वका अरू क्रान्तिसँग तुलना गर्ने हो भने नेपालका हरेक आन्दोलन, क्रान्ति र परिवर्तनको आफ्नै मौलिक विशेषता र विशिष्टता छ। विश्व क्रान्तिको इतिहास र शृङ्खलामा यी कुनै अर्थमा कमजोर क्रान्ति हैनन्।

२००७ सालको क्रान्ति बेलायतको गौरवमय क्रान्तिसँग तुलनीय हुन सक्दथ्यो। किनकि त्यसले १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य मात्र गरेको थिएन, शाह वंशलाई निर्वाचित संविधानसभाले निर्माण गरेको संविधानको तहत संवैधानिक राजाका रूपमा सीमित हुन प्रष्ट दिशानिर्देश गरेको थियो।

प्रकाशित मिति: : 2023-11-19 11:04:00

प्रतिकृया दिनुहोस्