प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा नेपालगञ्ज आइपुगेकी छिन्। ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तरगत ‘स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा सहभागी हुन उनी नेपालगञ्ज आएकी हुन्।
सरकारले यसअघि नै नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गरेको थियो। २०७८ साल २४ माघमा बसेको मन्त्री परिषद बैठकले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको कार्ययोजना समेत पास गरेको थियो।