जुनसुकै विषयमा स्नातक पास गरेकाले स्नातकोत्तरमा नेपाली पढ्न पाउने

फाइल तस्बिर
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अब स्नातकोत्तरमा नेपाली विषय पढ्न स्नातकमा जुनसुकै विषय लिएर पढेको भएपनि हुने भएको छ। 

पहिले स्नातकोत्तर पढ्न स्नातक नेपाली विषयबाट गरेको हुनुपर्ने प्रावधान थियो। अब जुनसुकै विषय लिएर पढेको भएपनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने निर्णय त्रिविले गरेको छ। 

त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलकाअनुसार त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो। 
 

प्रकाशित मिति: : 2023-11-29 10:03:00

प्रतिकृया दिनुहोस्