अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

अपाङ्गता भएका व्यक्ति अझै समस्या रहिरहनु उपयुक्त नभएकाले सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता  टीकाराम पोखरेलले आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आयोगले गरेका सिफारिस सरकारलगायत सबै सरोकारवाला निकायबाट पूर्णरुपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको छ।'

प्रकाशित मिति: : 2023-12-03 18:42:00

प्रतिकृया दिनुहोस्