अपर तामाकोशी जलविद्युत पीडितहरूद्वारा काठमाडौंमा प्रदर्शन

अपर तामाकोसी जलविद्युत परियोजना पीडित संघर्ष समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ। आफ्नो गाउँमा जबर्जस्ती विद्युत सबस्टेसन राख्न खोजिएको भन्दै संघर्ष समितिले काठमाडौंमा पदर्शन गरेको हो। 

सोमबार काठमाडौंको लैनचौरमा प्रदर्शन गर्दै खानी तथा भूगर्भ विभाग राज्य आतंक बन्द गर, आदीवासीहरूको भूमी फिर्ता गर, विकासको नाममा मान्छे मार्न पाइँदैन, अन्यायपूर्ण विकास पीडितहरू एक हौँ भन्दै विरोध प्रदर्शन गरेका थिए।

आयोजनाले पूर्ण जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउँने गरी सबस्टेसन बनाउन लागेको प्रदर्शनका सहभागीहरूले बताए। 

विगत ३३५ दिनदेखि उनीहरूले विरोध गरिरहेका छन्। यो परियोजनामा एसियाली विकास बैंक (एडीबी)को लगानी रहेका छन्।

४५६ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुर नगरपालिकाको लप्सीफेदी बोझनीमा विद्युत प्रसारण आयोजनाले सबस्टेसन निर्माण गर्ने लागिएको छ। 

उक्त सबस्टेसनले अपर तामाकोशीसँगै चाँगुनारायण लप्सीफेदी सबस्टेसन निर्माण जोड्नेछ। लप्सीफेदी बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको सबस्टेसनमा तीन तिरबाट ४०० केभी क्षमताको सारण लाइन विस्तार गर्ने लक्ष्य छ।

 

प्रकाशित मिति: : 2023-12-04 18:49:00

प्रतिकृया दिनुहोस्