भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ। 

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिएका छन्। 

घाँस काट्दै गरेकाे बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन। भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए। 

प्रकाशित मिति: : 2023-12-07 14:04:00

प्रतिकृया दिनुहोस्