निलबाराही मन्दिर क्षेत्रमा भूक्षयको निरीक्षण

सहरी विकासमन्त्री सीता गुरुङले मध्यपुरथिमि नगरपालिका–९ बोडे टिगनीस्थित निलबाराही मन्दिर परिसरको दक्षिण तथा पश्चिम क्षेत्रमा गएको पहिरो र त्यसले निम्त्याएको जोखिमको स्थलगत अवलोकन गरेकी छन्।

त्यस अवसरमा मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मन्त्री गुरुङलाई ऐतिहासिक मन्दिर क्षेत्रमा पहिरो जाँदा सम्पदा र मन्दिर नै जोखिममा परेको जानकारी गराए।

अवलोकनपछि मन्त्री गुरुङले निलबाराही क्षेत्रको पहिरो नियन्त्रण एवं संरक्षणका लागि मध्यपुरथिमि नगरपालिकाले तयार पारेको गुरुयोजना कार्यान्यन गरी त्यस क्षेत्रको भूक्षय र पहिरो नियन्त्रण गरी प्राचीन ऐतिहासिक निलबाराही मन्दिरको संरक्षणका थालनी गर्न आग्रह गरिन्। उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत बताइना्।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको एक्लो प्रयासले निलबाराही क्षेत्रको पहिरो नियन्त्रण र संरक्षण सम्भव नभएको भन्दै बजेट व्यवस्थापन गरिदिन मन्त्री गुरुङलाई अनुरोध गरे।

प्रकाशित मिति: : 2023-12-07 21:31:00

प्रतिकृया दिनुहोस्