ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

File Photo
File Photo

चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।  

प्रकाशित मिति: : 2023-12-15 11:00:00

प्रतिकृया दिनुहोस्