बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ जना घाइते

बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नं.को बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुलनजिक आज बिहान एकापसमा ठोक्किँएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो।

उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटाैँडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ। अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-12-20 10:00:00

प्रतिकृया दिनुहोस्