दाङमा ट्याक्टरबाट खसेर एक किशाेरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ प्रगति टोलमा बस्दै आएकी १७ वर्षीया माया घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
घोराहीबाट रानीजरुवा जाँदै गरेको रा १ त १६५५ न को ट्याक्टरमा माया एक्कासी खसेर टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन्। घाइतेलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे हाे।
ट्याक्टर नियन्त्रणमा रहेको र चालककाे खोजी भइरहेको प्रहरीले जनाएको छ।