कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघको नयाँ समिति गठन गरिएको छ। नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको दोस्राे अधिवेशनबाट नयाँ समिति गठन गरिएको हो।
अधिवेशनले तिलक मल्लको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेकाे जुम्ला जिल्ला सचिव दीपेन्द्र विक्रम हमालले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनकाअनुसार जुम्लाबाट दुई जना सदस्य निर्वाचित भएका छन्। यान्जु टोमा तामङ्ग सदस्यमा निर्वाचित भएकी छन्।
उपाध्यक्ष र सहसचिव सभापतिले मनोनित गर्ने कार्यक्रम रहेको सचिव हमालले जानकारी दिए।