घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

फाइल तस्बिर
फाइल तस्बिर

खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ। उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए।

आफन्तले दिएको ओढ्ने–ओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले गुनासो गरे। ‘घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो। ऋण तिर्न भनेर तयार गरेको रु एक लाख ५० हजार नगदसमेत जल्यो। अहिले बस्ने बासकै टुङ्गो छैन। हामी त जसरी पनि बस्थिम। सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’ उनले भने। 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोग गरिन लागेको जानकारी दिए। 

 

प्रकाशित मिति: : 2023-12-25 09:59:00

प्रतिकृया दिनुहोस्