गौतमबुद्ध विमानस्थलमा कहिलेदेखि होला अन्तर्राष्ट्रिय उडान नियमित ?

मन्त्रीको प्रतिबद्धतापछि दबाबमुलक आन्दोलनको स्वरुप फेरियो

रातोपाटी

तेजेन्द्र के.सी.

०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै अन्तर्राष्ट्रिय उडानसँगै यहाँ धेरै होटल आवश्यक पर्ने बताएका थिए । त्यही भाषण सुनेपछि भैरहवाका व्यवसायी  पवन हलुवाईले लुम्बिनीमा होटल पवन प्यालेस निर्माणको काम थालनी गरेका थिए ।

गत वर्ष जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा हलुवाईको होटल पनि तयार भइसकेको थियो।

हलुवाइले रातोपाटीसँग भने, ‘विमानस्थल सञ्चालन भएपछि आउने विदेशी पाहुनाहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउन होटल तयार गरेको थिएँ । तर अझैसम्म अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा सञ्चालनमा छैन, विदेशी आउँदैनन्, स्वदेशी ग्राहकबाट होटलको नियमित खर्च चलाउन सकस छ ।’

प्रकाशित मिति: : 2023-12-26 11:29:00

प्रतिकृया दिनुहोस्