मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएकाे हाे।
बालकुमारी घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नेबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेकाे हाे।
कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा प्रदर्शनमा भएकाे झडपका क्रममा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतले ज्यान गुमाएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान उपप्रधानमन्त्री एवं नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए। प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिए।