बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

बिएल संवाददाता

अर्घाखाँची
File Photo
File Photo

नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ।

प्रकाशित मिति: : 2023-12-30 17:31:00

प्रतिकृया दिनुहोस्