तरुल खोज्न सँगै गएका आफ्नै साथीको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। 

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए।

तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे उनले बताए। 

घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ।

नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2024-01-01 09:38:00

प्रतिकृया दिनुहोस्