गुठिचाैर गाउँपालिकाले आफ्नाे १७ औँ हिउँदे गाउँसभा गरेकाे छ। गाउँसभा विभिन्न पाँच वटा कार्यविधि तथा मापदण्ड पारित गरेर सम्पन्न भएकाे हो।
भवन निर्माण तथा नक्सापास कार्यविधि -२०८०, प्राविधिक फिल्ड भत्ता कार्यविधि-२०८०, भुकम्पीय जोखिम मूल्यांकन सम्बन्ध मापदण्ड-२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए।
उनका अनुसार खर्च व्यवस्थापनसम्बन्धी मापदण्ड-२०८० र पाेषणमैत्री स्थानीय तह तथा वडा घाेषणा कार्यविधि- २०८० गरेर पाँच वटा नीति पारित भएका हुन्।
दैनिक सेवा प्रवाह, भाैतिक विकासलगायत पालिकाका कार्यसम्पादनलाई छिटाे छरिताे तथा नागरिकमुखि बनाउने नयाँ कार्यविधि तथा मापदण्ड पारित गरिएकाे गुठिचाैर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीले बताए।
'गुठिचाैरलाई समृद्द बनाउन सबै जनप्रतिनिधि एक छन्। कसैसँग अहिले तिक्तता छैन,' उनले भने, 'बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि पारित भएका नीतिले सहज बनाउने आशा छ।'
बढ्दाे भुकम्पीय जाेखिमलाई मध्यनजर गर्दै नागरिककाे सुरक्षाका लागि भवन निर्माण तथा नक्सापास कार्यविधि-२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकी उपाध्यक्ष शान्ति कुमारी मल्लले बताइन्।
'अब गुठिचाैरमा नक्सापास बिना कसैले पनि नीजिघर, भवन, सरकारी संरचना बनाउन पाउने छैनन्,' उनल भनिन्, 'हाम्राे अभियान नै सुरक्षित पालिका बनाउने छ। त्यसका लागि संचरना पनि सुरक्षित बलियाे हुन जरुरी छ।'
नीति बिना काम गर्न सम्भव नभएकाेले आवश्यक नीति बनाइएको गुठिचाैर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा पालिकाका प्रवक्ता अर्जुन कुमार महताराले बताए। उनले भने, 'पालिकालाई समृद्द बनाउन सबै पक्षबाट सकरात्मक सहयाेग र रचनात्मक आलाेचना आवश्यकता छ।'
१७औँ हिउँदे गाउँसभाबाट विभिन्न निर्णय पारित गर्दै गुठिचाैरमा कुनै विवाद नरहेकाे, जनता र पालिकाकाे विकासका लागि अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षलगायत सिंहाे कार्यपालिका एकजुट रहेकाे सन्देश प्रवाह गरेकाे गुठिचाैरका कर्मचारीले बताएका छन्।