प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्।

विदेशमन्त्री जयशंकरले बिहीबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

यसअघि जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशंकर आज बिहान काठमाडौँ आएका हुन्।

प्रकाशित मिति: : 2024-01-04 12:37:00

प्रतिकृया दिनुहोस्