नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।
भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए।