चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए। गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए। 

हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए।

प्रकाशित मिति: : 2024-01-05 20:40:00

प्रतिकृया दिनुहोस्