कान्तिबाल अस्पतालले ६२औँ वार्षिकोत्सव मनाएको छ। आइतबार अस्पतालले एक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हजार बेडको अस्पताल बनाउने गरी तयारी भइरहेको बताए।
अस्पतालका निर्देशक डा. पकंज रायले नेपालका अन्य ठाउँमा पनि बालबालिकाको उपचारका लागि अस्पता सञ्चालनमा ल्याउनुपर्ने बताए। अहिले एक मात्र अस्पताल भएकाले कान्तिबाल अस्पतालमा धेरै भीडमाड हुने गरेको बताए।
उनले अस्पताल ३८३ शैया हुँदा पनि बिरामी अझै भुइँमा बस्नु पर्ने अवस्था रहेको बताए। बजेट अभाव रहेको बताउँदै डा. रायले मन्त्री बस्नतसामु गुनासो पोखे।