कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

File Photo
File Photo

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए।

प्रकाशित मिति: : 2024-01-09 15:52:00

प्रतिकृया दिनुहोस्