बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्

अनलाइनखबर

काठमाडाैँ

१ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो ।

राजतन्त्र उन्मूलन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । त्यतिबेला संविधानको व्याख्या विशेष इजलासले गर्दथ्यो । लेखक सहितको तीन सदस्यीय विशेष इजलास गठन भयो । विशेष इजलासबाट राजतन्त्र उन्मूलन संविधानसम्मत छ भन्ने फैसला भयो । विशेष इजलासको राय लेखकको हो ।

देशमा रक्तपात र अशान्तिपूर्ण हुनुहुँदैन भनेर होला पूर्वराजा ज्ञानेन्द्रले जनताको मतलाई कदर गरेर विना कुनै शर्त राजदरबार र राजगद्दी त्यागे । ‘पूर्वराजा’ एक ‘बोनाफाइड जिम्मेवार राष्ट्रप्रमुख नेपाली नागरिक’ हो ।

प्रकाशित मिति: : 2024-01-09 18:53:00

प्रतिकृया दिनुहोस्