रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रूपैयाँ बरामद

अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठकाे हात्तिगौँडास्थित बम्जन बसेको घरबाट उक्त रकम बरामद गरेकाे हाे।

सीआईबीले छापा मारेर विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो। साथै उनकाे घरबाट १५ वटाभन्दा बढी मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीले मंगलबार साँझ बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेकाे थियाे।

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।

प्रकाशित मिति: : 2024-01-10 10:53:00

प्रतिकृया दिनुहोस्