खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

file photo
file photo

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मन्त्री लिम्बूकी  श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए। उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो।

गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनको आजै अन्त्येष्टि गरिने बताइएको छ। गङ्गामायाका एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: : 2024-01-12 11:50:00

प्रतिकृया दिनुहोस्