के अंकिता लोखण्डे र विक्की जैनले लिँदैछन् बेक्र? 

पछिल्लो समय भारतको रियालिटी ‘शो’ बिग बोस–१७ निकै चर्चामा छ। ‘शो’ले हरेक दिन नयाँ झगडालाई देखाइरहेको छ। त्यही झगडामा छन्, अंकिता लोखण्डे र विक्की जैन। उनीहरू विवाहको कुरालाई लिएर चर्चामा छन्।

अंकिता आफ्नो सासूआमाले भनेको कुराले भड्की रहेकी छन्। पछिल्लो समयको एपिसोडमा अभिनेत्री निकै दुखी देखिएकी छन्। उनी आफ्नो श्रीमानसँग गुनासो पोख्दै आफूलाई कसैले नबुझेको बताइरहेकी छन्। अंकिताले आफ्नो गुमासो सुनाइरहँदा विक्कीले पनि श्रीमतीसँग दुखेसो पोखेका छन्। त्यसपछि अंकिताले नै एकअर्कोसँग ‘बे्रक’ लिने बताइन्। 

बगैंचामा विक्की–अंकिता

शोको नयाँ प्रोमोमा गार्डन एरियामा देखिएका छन्। त्यहीबेला विक्कीले अंकितालाई सोधेका छन्, ‘के गडबड छ?’ त्यसपछि अंकिताले भनिन्, उनी आफूहरूको सम्बन्धकोबारेमा सोचिरहेकी छन्।

र, कसरी उनी सबैजनाको लागि गलत भइरहेकी छिन्। अंकिताको कुरा सुनेपछि विक्कीले कसैले के सोच्छन् भनेर मतलब नगर्न बताएका छन्। तर अंकिता गलत कुराहरूले आफूलाई असर पर्ने बताएकी छन्।

‘मैले धेरै माया गरेकी छु सबै जनालाई तर कसैले मलाई प्रश्न गर्छ भने यो कुरालाई मलाई चित्त दुख्छ। मलाई लाग्छ कि कसैले पनि मलाई बुझ्दैनन्। म हरेक दिन दुखी भइरहेकी छु’, अंकिताले भनिन्। त्यसपछि विक्कीले त्यो सबै कुराहरूलाई एक–एक गरी केलाए, जुन कुरा उसलाइृ मन पर्दैन। 

त्यसपछि अंकिताले मागिन् ‘ब्रेक’

उनीहरू कुराकानी गरिरहँदा अंकिता भन्छिन्, ‘के तपाईं ब्रेक लिन चाहनुहुन्छ?’ विक्कीले बुझेनन् कि अंकिता उनीसँग के भन्न खोजिरहेकी छन्। त्यसपछि विक्कीले आफूलाई थाह नभएको बताउँछन्। दुई जनाको त्यो कुराकानीले अहिले दर्शकहरू आतिरहेका छन्। के अंकिता र विक्कीले साँच्चै लिन्छन् बेक्र? 

प्रकाशित मिति: : 2024-01-12 14:00:00

प्रतिकृया दिनुहोस्