‘मोरल पुलिसिङ’ले निम्त्याएकाे बलात्कार

file photo/Reuters
file photo/Reuters

भारतको दक्षिणी राज्य कर्नाटकमा मोरल पुलिसिङको घटनाले नयाँ मोड लिएको छ।

मोरल पुलिसिङको सिकार भएकी अल्पसंख्यक समुदायकी एक महिलाले आफूमाथि भएको अपराधका दोषीलाई सामूहिक बलात्कारको आरोप लगाएकी छन्।

महिलाले यस मामिलामा सिआरपिसीको धारा १६४ अन्तर्गत मजिस्ट्रेटसमक्ष आफ्नो बयान पनि दर्ता गराएकी छिन्।

२८ वर्षीया ती महिलाले सात जना मुस्लिम पुरुषले हङ्गल सहरको एक होटलबाट अपहरण गरेर आफूमाथि दुर्व्यहार गरेकाे बताएकी छिन्। उनका अनुसार हाेटल नजिकैकाे सुनसान ठाउँमा उनी २४ घण्टासम्म बलात्कृत भइन्।

कर्नाटक प्रहरीले सुरुमा सात जनाविरुद्ध जानीजानी एक महिलाको शीलभंग गरेको, आपराधिक धम्की दिएको र आपराधिक बल प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गर्‍याे।

गत जनवरी ७ मा एक मुस्लिम महिला र एक हिन्दू पुरुषले कोठा लिएको भन्दै होटलमा काम गर्ने एक कर्मचारीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको थियो।

घटना के हाे?

यसैबीच फरक–फरक धर्मावलम्बी दम्पतीमाथि भएको आक्रमणको भिडियो भाइरल भएको छ। उनीहरु दुवै जना उत्तर कन्नड जिल्लाको सिरसीका हुन्।

जब उनीहरू काेठामा हुन्छन् तब हाेटलकाे पाइप बनाउने भन्दै एक समूह काेठाभित्र छिर्छन्। अनि उनीहरूलाई जिस्काउन थाल्छन्। ती केटाहरू त्यतिमै राेक्किदैनन्, केटीलाई तानेर बाहिर ल्याउँछन्। कारमा बसाउँछन्, त्यसपछि सुनसान ठाउँमा पुर्‍याउँछन्। 

एक भिडियाेमा देखाइरहेकाे छ ती केटाले झारकाे पछाडि लगेर केटीलाई जिस्काइरहेकाे छ। र, अर्काे त्यही घटनासँग सम्बन्धित भिडियाे बाहिरिन्छ। जहाँ केटीले केटालाई बलात्कारकाे आरोप लगाइरहेकी छन्।

भिडियाेमा ती महिलाले भनिरहेकी छिन्, 'मैले उसँग भिख मागें, गुहारेर भनिरहें मलाई  जान देऊ तर उनस मेराे कुरा सुनेन। मैले उसकाे खुट्टा समाएर भनिरहें मलाई बलात्कार नगर!' 

प्रहरीले के भन्याे?

होटलका एक कर्मचारीले गत जनवरी–७ मा मुस्लिम महिला र एक हिन्दु पुरुषले कोठा भाडामा लिएको उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो।

हावेरीका जिल्ला प्रहरी उपरीक्षक अंशु कुमारले भनिन्, 'महिलाले सिआरपिसीको धारा १६४ अन्तर्गत मजिस्ट्रेटसमक्ष आफ्नो बयान दर्ता गराएकी छिन्, त्यसपछि हामीले सात जनाविरुद्ध आइपिसीको धारा ३७६ (डी) (सामूहिक बलात्कार) थपेका छौँ।'

प्रहरीले याे घटना अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएकाे छ।

पक्राउ पर्नेमा २४ वर्षीय आफताब मकबूल अहमद चन्दनकट्टी, २३ वर्षीय मदरसाब मोहम्मद इशाक मन्दाक्की र २३ वर्षीय साहिउल्लाह लल्लनवार रहेका छन्।

घटनाका चौथो अभियुक्तको अहिले अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएपछि उनी दुर्घटनामा परेका थिए, पछि प्रहरीले उनको पहिचान गरेको थियो।

एक प्रहरी अधिकारीले भने, 'यो अनुसन्धानको विषय हो।' 

त्यस्तै अर्को घटना

घटना सोही दिन हंगलमा भएको थियो, त्यहाँबाट करिब १७५ किलोमिटर टाढा बेलगावीको फोर्ट लेकसाइड नजिकै दुई फरक समुदायका एक दम्पतीलाई नौ जनाले उत्पीडन गरेका थिए।

पुरुषको निधारमा टीका थियो र महिलाको टाउको ढाकिएको थियो। उनीहरूलाई यातना दिएको आरोप लागेका नौ जनाले पहिला ती दुईलाई सँगै हुनुको कारण सोधेका थिए।

ती महिला आफूसँगै आएका पुरुषकी काकीकी छोरी थिइन्। ती पुरुषकी काकीले मुस्लिम पुरुषसँग विवाह गरेकी थिइन्।

कर्नाटक सरकारको बेरोजगारी भत्ता योजना युवा निधिका लागि दर्ता गर्न आएका यी दुई सर्भरले काम नगरेकाले लेकसाइडमा पर्खिरहेका थिए।

हंगल प्रकरणजस्तै यातनाको आरोप लागेका नौ जना सबै मुस्लिम समुदायका थिए।

तर पूर्व मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले 'मोरल पुलिसिङ'को आलोचना गरेपछि हंगल प्रकरणले राजनीतिक मोड लिएको छ।

बोम्मईले एक्स (पहिलेको ट्विटर) मा पोस्ट गर्दै लेखेका छन्, 'नैतिक पुलिसिङको नाममा केही अराजक तत्वहरूले हावेरी जिल्लाको हंगलमा एक लजमा बसिरहेका दम्पतीमाथि गरेको आक्रमण अत्यन्त निन्दनीय छ। यस घटनामा संलग्न सबैलाई प्रहरीले पक्राउ गर्नुपर्छ। र तिनीहरूलाई यसको लागि दण्डित गरिनु पर्छ।'

'युवतीसँग झगडा भएपछि उनलाई एकान्त ठाउँमा लगेर यौन दुर्व्यवहार गरिएको थियो। यी अराजक तत्वहरूको नैतिक पुलिसिङको यो घटनाले राज्य सरकार अस्तित्वमा छ कि छैन भन्ने भावना पैदा गरेको छ', उनी प्रश्न गर्छन्, 'मोरल पुलिसिङका बारेमा चर्को स्वरमा कुरा गर्ने मुख्यमन्त्री सिद्धारमैया यस विशेष घटनामा किन मौन छन्? के बदमाशहरू अल्पसंख्यक समुदायका थिए? सिद्धारमैया को इस घटना पर अपना रुख स्पष्ट करना चाहिए।'

मोरल पुलिसिङकाे घटना

केही वर्षअघि दक्षिण कन्नड, मंगलुरु, उडुपी र चिक्कमगलुरुमा मोरल पुलिसिङका घटनाहरू आउन थाले। र, दुई दिनअघि केही मुद्दा दर्ता भएका थिए।

हेट डिटेक्टरले एक्समा लेखेको छ, 'कर्नाटकको बेंगलुरुबाट २५६ किलोमिटर टाढा चिक्कमगलुरुको मुडिगेरेमा प्रहरीले एक हिन्दू युवतीसँग आएका दुई मुस्लिम युवकमाथि आक्रमण गरेको आरोपमा हिन्दुत्ववादी समूहसँग सम्बन्धित चार जनालाई पक्राउ गरेको छ।'

आक्रमणकारीले मुस्लिम युवक र एक हिन्दु युवतीको उपस्थितिप्रति आपत्ति जनाएका थिए। र, उनीमाथि आक्रमण भयो। उक्त घटना सिसीटिभी क्यामेरामा कैद भएको थियो र चारै जनालाई पक्राउ गरिएको थियो। कुटपिटमा परेका युवालाई अस्पतालमा भर्ना गरिएको छ।

केही रिपोर्टका अनुसार सन् २०२३ मा केही युवाविरुद्ध कम्तीमा एक दर्जन मुद्दा दर्ता भएका थिए।

यसमा विभिन्न धर्मका पुरुष र महिलाहरू सँगै हुँदा अवरोध, उत्पीडन र सोधपुछ जस्ता घटनाहरू समावेश छन्।

यो या त मंगलुरुमा काम सकेर मोटरसाइकलमा सँगै यात्रा गर्ने एक मुस्लिम केटाको घटना थियो वा एक मुस्लिम केटा चिक्कमगलुरुमा आफ्नो हिन्दु महिला सहपाठीसँग कुरा गरिरहेको थियो।

दक्षिण कन्नड जिल्लाको धर्मस्थलमा एक हिन्दु महिलालाई छोड्न आएका एक अटो रिक्सा चालकमाथि आक्रमण भएको छ।

मंगलुरुमा एक मेडिकल कलेजका भाइस प्रिन्सिपल आफ्ना विद्यार्थीसँगै गएका बेला उनीहरूमाथि अवरोध र हातपात भएको थियो। किनभने विद्यार्थीहरूको समूहमा मुस्लिम महिलाहरू पनि सामेल थिए।

कांग्रेस पार्टीले गत वर्ष आफ्नो सरकार गठन गर्दा घोषणापत्रमा पूर्ण शक्तिका साथ नैतिक पुलिसिङको अन्त्य गर्ने वाचा गरेको थियो। बीबीसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2024-01-17 06:30:00

प्रतिकृया दिनुहोस्