धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका–५ मा दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ। दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन्।