खेम बगरको गजल संग्रह ‘आँखा’ सार्वजनिक

खेम बगरको पहिलो गजल सङ्ग्रह ‘आँखा’ सार्वजनिक भएको छ।

अछामका गजलकार बगरको गजल संग्रह शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।

बगर पश्चिम नेपालका स्थापित गजलकार हुन्। सार्वजनिक कार्यक्रममा गजलको माहोल बनाउने उनले सशक्त गजल लेख्दै आएको प्रकाशन गृह काबु क्रिएशनका प्रकाश किरणले बताए।

गजल संग्रहमा कूल एक सय एक गजल समावेश रहेको गजलकार बगरले बताए।

प्रकाशित मिति: : 2024-01-20 18:30:00

प्रतिकृया दिनुहोस्