राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले अमेरिकामा उपहार पाएकाे हवाई जहाज चाेरी भएकाे छ।
हवाई जहाज मेकानिक्सका विद्यार्थीहरुलाइ सिकाउनकाे लागि अनिस प्रधानले केन्द्रलाइ उपहार दिएकाे पाइपर पिए- १५ भ्यागाबन्ड नामक जहाज जनवरी ३ तारिखमा टाेरेन्सकाे क्षेत्रस्थित पार्किङबाट हराएकाे हाे।
जहाज सेताे भ्यानकाे सहायताले रातकाे समयमा चाेरी भएकाे प्रधानले जनाएका छन्। उनकाअनुसार लकनेस एभिन्यूकाे २२८०० ब्लगकाे पार्किङबाट जहाज चाेरी भएकाे थियाे।
जहाज अघिल्लाे शनिबार (१३ तारिखमा) लङ विचकाे १७औँ स्ट्रिट र डेजी एभिन्यू नजिककाे औद्याेगिक क्षेत्रमा जलेकाे अवस्थामा भेटिएकाे समेत उनले जनाएका छन्। प्रधान त्यहाँ पुग्दा जहाज काम नलाग्ने गरी जलेकाे थियाे।
अनुभवि उडान प्रशिक्षकसमेत रहेका प्रधानले उक्त जहाज प्रशिक्षणका लागि भाडामा उपलब्ध गराउँदै आएका थिए। यद्यपि, नेपाल पठाउने तयारीमा रहेका उनले जहाज पार्किङ गरेका थिए।
जहाज चाेरी भएपछि प्रधानले दु:ख व्यक्त गरेका छन्। ‘म धेरै हृदयविदारक भएँ। मैले यस परियोजनामा सबै लगानी गुमाएँ। म यस परियोजनाका लागि हप्ताको सात दिन काम गर्छु र यो केही लोभी मानिसहरूका कारण धुवाँमा गयो’, उनले भने।
करिब साढे २ लाख डलरकाे उक्त जहाज प्रधानले बालबालिकालाई विमान मर्मत-सम्भार र व्यवसायिक पाइलटिङमा कसरी काम गरिन्छ भन्ने कुरा सिकाउने उद्देश्यले केही महिना अगाडि आविष्कार केन्द्रलाइ उपहार दिएका थिए।