माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

सरकारले माघ २२ गते संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले माघ २२ गते दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसैगरी सरकारले जापान सरकारबाट काेटेश्वर सडकखण्ड सुधार परियाेजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेकाे छ।

यस्तै बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2024-01-23 17:04:00

प्रतिकृया दिनुहोस्