प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराएका छन्।
मंगलबारको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने तयारी गरेको छ।