ड्राइभरले अनुशासन गुमाउँदा सडक बन्दैछन् मृत्युमार्ग

अनलाइनखबर

काठमाडौं

२० असारमा इटहरीमा टिप्परको ठक्करबाट आमा-छोरी नै बिते। स्कुटरमा जाँदै गरेका इटहरी उपमहानगर-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीलाई धरानबाट पूर्वतर्फ जाँदै गरेको टिप्परले ठक्कर दियो। कान्छाराम कन्स्ट्रक्सनको टिप्परको लापरबाहीले दुई जनाको ज्यान गएपछि केही समय इटहरी तनावग्रस्त बनेको थियो।

त्यसैको १० दिन अगाडि मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३-००१ ख ८५१ नम्बरको टिप्परले ठक्कर दिंदा स्कुटरमा सवार हेटौंडा-१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भयो।

सडकमा गुड्ने साना सवारी साधनलाई कुल्चिने ठूला सवारीको कारण वर्षेनि हजारौंले ज्यान गुमाउनु परेको छ। त्यसो त साना सवारीलाई हेपेर चलाउने टिप्परलाई यमराज भन्दै कारुणिक व्यंग्य समेत सुरु भइसकेको छ। टिप्पर मात्रै नभई बस र ट्रकले साँघुरो, घुम्तीमा ओभरटेक गर्दा, तीव्र गतिमा सवारी हाँक्दा ठूला दुर्घटना भइरहेका छन्।

प्रकाशित मिति: : 2024-01-24 10:54:00

प्रतिकृया दिनुहोस्