ओस्कार अवार्ड मनोनयन सार्वजनिक: कसले मार्ला बाजी?

file photo
file photo

सिनेमा क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार एकेडेमी अवार्ड अर्थात् ओस्कार अवार्डको यो वर्ष (सन् २०२४)को लागि नामाङ्कन अर्थात् ‘नोमिनेसन’ सार्वजनिक भएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजद्वारा प्रदान गरिने यो वर्षको आयोजना ९६औँ हो।

गत मङ्गलबार (२३ जनवरी)को दिन सार्वजनिक गरिएको नोमिनेसनबाट हरेक विधामा उत्कृष्ट एकलाई आउँदो मार्च १० तारिखको दिन अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुने भव्य समारोहमा अवार्ड प्रदान गरिनेछ।

बेस्ट पिक्चर, बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट सपोर्टिङ एक्टर, बेस्ट सपोर्टिङ एक्ट्रेस, बेस्ट डायरेक्टर, इन्टरनेसनल फिचर फिल्म, एनिमेटेड फिचर फिल्म, एडेप्टेड स्क्रिनप्ले, ओरिजनल स्क्रिनप्ले, भिजुअल्स इफेक्ट्स, ओरिजनल स्कोर, ओरिजनल सङ्ग्स्, डक्युमेन्ट्री फिचर मुवी, सिनेमेटोग्राफी, कास्ट्यूम डिजाइन, एनिमेटेड सर्ट मुवी, लाइव एक्शन सर्ट मुवी, डक्युमेन्ट्री सर्ट मूवी, फिल्म एडिटिङ्ग, साउन्ड, प्रोडक्शन डिजाइन र मेकअप एन्ड हेयरस्टाइलिङ्ग गरेर २३ विधामा प्रदान गरिने यो अवार्ड मा ‘ओपनहाइमर’ १३ विधामा र ‘पोओर थिन्ग्स’लाई ११ विधाको नोमिनेसन प्राप्त भएको छ।

नोमिनेसन प्राप्त गर्ने उत्कृष्ट १० सिनेमाहरुमा अमेरिकन फिक्शन, एनाटोमी अफ ए फल, बार्बी, द होल्डोभर्स, किलर्स अफ द फ्लावर मून, माइस्त्रो, ओपनहाइमर, पास्ट लाइभ्स, पोओर थिन्ग्स र द जोन अफ इन्टरेस्ट रहेका छन्।

यससम्बन्धी बिस्तृत जानकारीको लागि पाठकहरुले 96TH OSCARS® NOMINATIONS ANNOUNCED | Academy Press Office मा गएर हेर्न सक्नुहुनेछ।

प्रकाशित मिति: : 2024-01-25 08:17:00

प्रतिकृया दिनुहोस्