माडागस्करको पानी नपर्दा नेपालका हिमालमा हिउँको मात्रा कम, असर के?

बिबिसी

काठमाडौं

वैज्ञानिकहरूले यसपालि जाडो महिनामा वर्षा नभएका सहितका कारणले गर्दा हिमाली क्षेत्रमा हिउँको मात्रा कम भएको भन्दै त्यसले नदी प्रणाली र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई प्रभावित पार्न सक्ने बताएका छन्।

नेपाल सरकारका एक जना अधिकारीले अहिलेसम्मको परिस्थिति हेर्दा यो साल नेपालका हिमालहरूमा केही वर्ष यताकै कम हिउँ देखिएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन्।

कीर्तिमानी परिमाणमा कम हिउँ परेकाले सम्पूर्ण हिन्दु कुश क्षेत्र प्रभावित हुने र पानीको अभाव देखा पर्नसक्ने केन्द्रले जनाएको छ। 

नेपाली अधिकारीहरू के भन्छन्?

यसै साता एक जना अमेरिकी विज्ञले विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ सधैँ जमिरहने स्थान यस पटकको जाडो याममा ६००० मिटर माथि सरेको उल्लेख गरेका थिए।

प्रकाशित मिति: : 2024-01-25 11:41:00

प्रतिकृया दिनुहोस्