आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए। त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए। फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए।
बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए। यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।