राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत आउँदै छन्।
उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौँबाट शनिबार नयाँ दिल्ली र आइतबार हैदरवाद आउन लागेको प्रवास नेपाली सम्पर्क विभागका नेता राज रोकायाले जनाएका छन्।
लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल पनि आउँदै छन्।
रास्वपा स्रोतका अनुसार उनीहरुले नयाँ दिल्ली र हैदरवादमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।