समाज डेन्टल हस्पिटलको ९औँ शाखा भक्तपुरकाे कौशलटारमा खुलेको छ। ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९औँ शाखाले आज (शनिबार)देखि कौशलटार भक्तपुरमा आफ्नो सेवा सुरु गरेको हो।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४औँ वार्षिक उत्सवको अवसरमा कौशलटार भक्तपुरम पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले सेवाको उद्घाटन गरे। अध्यक्ष आचार्य आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेन्टल आउँदा खुसी व्यक्त गरे।
उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट र बाँकी माघ महिना भरि १५% छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
प्रबन्धक घिमिरेले मुख स्वस्थ्यसम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटाै छानामुनि विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उद्देश्यसहित ऐतिहासिक धार्मिक, सांस्कृतिक सहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।
कौशलटार भक्तपुरमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए।
समाज डेण्टल हस्पिटलले विगत २४ वर्षदेखि दाँत तथा मुखसम्बन्धी सेवा दिइरहेको छ। हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे (भक्तपुर), सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाइला र बनेपा (काभ्रे)मा संचालित छ।