बलेरोको ठक्करबाट बुबाको मृत्यु, छोरी घाइते

फाइल तस्वीर
फाइल तस्वीर

भरतपुर महानगरपालिका–१६ शिवघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु भएकाे छ भने छोरी गम्भीर घाइते भएकी छन्।

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३–००१ च ११९७ नम्बरको बलेरोले बा.प्र.०३–००३प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षीय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो। उपचारको क्रममा राति करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो।

छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ। दुबै सवारी साधन र बलेरो चालक प्रहरीकाे नियन्त्रणमा छन्।

प्रकाशित मिति: : 2024-01-28 10:43:00

प्रतिकृया दिनुहोस्