ललितपुरकाे एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

ललितपुर महानगरपालिका-१६ नागबहालमा एक जर्मन महिला मृत फेला परेकी छन्।

साेमबार नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एपी नवराज कार्कीका अनुसार उनी अपार्टमेन्टकाे आफ्नै कोठामा मृत भटिएकी हुन्। उनकाे टाउकोमा चोट देखिएको एपी कार्कीले बताए।

उनका अनुसार फरेन्सिकको टोली र तालिम प्राप्त कुकुर ल्याएर घटनाकाे थप अनुसन्धान गर्ने तयारी भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-01-29 13:07:00

प्रतिकृया दिनुहोस्