बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बिएल संवाददाता

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी
Symbolic photo
Symbolic photo

सुनसरीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्।

इनरुवा नगरपालिका-८ गणेशपुरमा बस्ने आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियाे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-01-30 12:30:00

प्रतिकृया दिनुहोस्