सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ।
गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन।