नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख नजरल सरपेट्रिक सन्डर्सले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गरेका छन्।
मंगलबार भएकाे भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे कुराकानी भएकाे छ।
गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग अनुरोध गरे।
सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए। साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए।
नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिए।
बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए। साथै आगामी सहयोग नेपालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित जानकारी बेलायती पक्षले गराए।
नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको बेलायती सेनाप्रमुखले प्रशंसा गरे।